back

भूकम्प प्रभावित क्षेत्रका जनतालाई नबिल बैंकको एक करोड सहयोग

काठमाडौं । पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई नबिल बैंकले राहत सामाग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समिती जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् । गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६।४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठुलो धनजनको क्षति भएको थियो । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ । ‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो’, उनले भने । उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामाग्री उपलब्ध गराउने जानकारी दिए ।

राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा भइरहेको दैविक प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...