back

योजना आयोगः चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् ।

आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा। रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा। फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’

आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा। प्रभु बुढाथोकी, गण्डकीमा डा। फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा। अनिता शाह ढुंगानालाई पठाएको छ ।


टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...