back

काठमाडौंमा मध्यराति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ । काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र शाह ९बालेन०ले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको जानकारी दिँदै उनले आवश्यक सुरक्षाका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग पनि आग्रह गरेको बताए ।

‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ,’ उनले उल्लेख गरेका छन् ।


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...