back

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए । उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए ।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र  सिद्धार्थ बैंकमा पनि काम गरेका थिए । नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा  तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...