बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० मंसिर ४ सोमवार

काठमाडौं। आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मूल्य स्थिर रहेकोथियो । आज सुनको मूल्य २ सय रूपैयाँले बढेर एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी आइतबारकै मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ०६:०७ बजे