वेष्ट फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर ५ मंगलवार

काठमाडौं। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले ८ लाख संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले राजेन्द्र कुमार शर्माको नामा रहेको आठ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । नेपाल राष्ट्र बैकबाट जारी एकीकृत निर्देशन अनुसार सेयरहरू खरिद गर्नका लागि फाइनान्सका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइएको छ ।
३५ दिन भित्र संस्थापक शेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानुनी व्यवस्था अनुसार सो शेयरहरू अन्य ब्यक्तिसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
संस्थापक सेयर धनीले आज मङ्सिर ५ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । इच्छुक संस्थापकले तोकिएको समयावधिसम्म फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाण्डौमा निवेदन दिनु पर्ने छ ।
प्रकाशित समय : ०४:३७ बजे