महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित

वि.सं.२०७८ फागुन १४ शनिवार

काठमाडौं । फागुन १४ गते
महालक्ष्मी विकास बैंकको स्थगित भएको २० औं वार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि कम्पनीको स्थगित भएको साधारणसभा लगानीकर्तालाई २१।०५२६ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको हो ।साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा समेत छलफल गरि पारित गरेको कम्पनीले बताएको छ ।
बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिमको वासलत, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायत एकीकृत वित्तीय विवरणहरू छलफल गरेर स्वीकृत गरेको छ ।यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफा रकमबाट शेयर धनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर समेत पारित गरेको छ । यस्तै, बोनस सेयरमा लाग्ने १।०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको जनाइएको छ ।
प्रकाशित समय : ०६:०८ बजे