नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारीको माग

वि.सं.२०७८ फागुन २० शुक्रवार

काठमान्डौ । सरकारी स्वामित्व रहेको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
जसमध्ये ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाको माग रहेको छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ । बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक सिए मा २ र सहायक प्रबन्धक आइटीमा ४ जना माग गरेको हो ।
सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र मानविकीमा न्यूनतम स्नाकोत्तर उर्तिण हुनुपर्नेछ भने सिएका लागि सिए र एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए र बीसीआइकम र बीआइटी र बीआइएम र बीएस्सी हुनुपर्नेछ ।
प्रकाशित समय : ०३:५६ बजे