सबैभन्दा महँगो सेयर मूल्य हुने लघुवित्त बनेको जीवन विकासको प्रतिकित्ता कति पुग्यो भाउ ?

वि.सं.२०७८ भदौ १० बिहीवार

जीवन विकास लघुवित्त वित्तीय संस्था सबैभन्दा महँहो सेयर मूल्य हुने लघुवित्त कम्पनी बनेको हो । साउन १४ गतेदेखि कारोबारमा आएको जीवन विकासले महिला लघुवित्तलाई उछिन्दै सबैभन्दा धेरै सेयर मूल्य हुने लघुवित्त बनेको हो ।
लगातार १९ औं दिन पाजेटिभ सर्किट लाग्दै आज जीवन विकासको सेयर मूल्य प्रतिकित्ता ५ हजार १९८ रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा झरेको महिलाको सेयर मूल्य आज प्रतिकित्ता ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १९ कारोबार दिनमा झन्डै ६ गुणाले बढेर ५२०० नजिक पुगेको हो । १९ दिनमै लघुवित्तको सेयर भाउ प्रतिकित्ता ४२८४ रुपैयाँ बढेको छ ।
कारोबारमा आएको तीन सातामा पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । नेप्सेमा सर्वसाधरणतर्फको २० लाख कित्ता सेयर सूचीकृत भए पनि बलियो कम्पनी रहेकाले भाउ निकै माथि जाने आशामा सेयर विक्रीमा ल्याएका छैनन् ।
तुलनात्मक रुपमा निकै बलियो देखिएको लघुवित्तले गत वर्षको असार मसान्तसम्म ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
हाल ६० करोड ८४ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३० करोड संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११३।३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५।२२ रुपैयाँ रहेको छ ।
लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।
प्रकाशित समय : ०८:४६ बजे