back

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ, ८ असार । थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार ८ गते शुक्रबार अन्तिम दिन हो । यस कम्पनीले असार ५ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइ सक्नुपर्नेछ।

यसमध्य ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको छ । अब बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार बिहीबार सम्म ७ लाख ६५ हजार ६८४ जनाले ८५ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १३।९० गुणा बढी आवेदन हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ ।

 


नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...