back

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट हुदै

काठमाडौ, १८ असार । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ यसै साता बाँडफाँट हुने तयारी गरिएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र असार १९ गते बाँडफाँटका लागि धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १०र१० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।


यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

वि.सं.२०८० असोज ७ आइतवार ०२:२७

काठमाडौं, ७ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा...

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

पाठेघरको क्यान्सर विरुद्ध लगाइने खोप अभियानको म्याद थप

वि.सं.२०८० असोज ६ शनिवार ०८:५९

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको...

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

वि.सं.२०८० असोज ६ शनिवार ०८:४०

काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी...