back

रारामा पर्यटकहरुको घुइँंचो, कसरी जाने रारा ?

काठमाडौ, ३२ साउन । हिमाली जिल्ला मुगुको रारा घुम्न आउने पर्यटकहरुको घुइँंचो लाग्ने गरेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरुले भरिएका छन् । समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरुको संख्या अत्याधिक बढेको बताइन्छ ।

‘पहिला पर्यटकले यो ठाउँंमा सहजै बास पाउने अवस्था थिएन, भक्तपुरबाट घुम्न पुगेका इन्जिनियक कृष्णभक्त दुवालले भने, ‘तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधासम्पन्न होटलहरु भइसकेका छन् ।’ यही कारण नयाँं वर्षमा रारा घुम्न आउनेहरुको भीड बढेको उनको बुझाई छ ।

रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ ।

कसरी जाने रारा ?

रारा जान अहिले हवाइ तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ ।

रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो । तर, अहिले त्यस्तो रहेन । अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ ।

काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ ।

 


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...