back

ओम शान्ति ओम र दबंग २ अभिनेता नितेशको निधन

मुम्बई, १० जेठ । भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ । फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो । जहाँ उनी सुटिङका लागि आएका थिए ।

नितेश ‘अनुपमा’मा धिरज कपुरको चरित्रमा थिए । नितेका निर्माता जेठान सिद्धार्थ नागरले उनको निधनको पुष्टि गरेका छन् । ‘हो तपाईंले सही सुन्नुभयो । मेरो ज्वाई रहेनन् । मेरी बहिनी अर्पिता पाण्डे शोकमा छन् । नितेशका पिता उनको पार्थिव शरीर लिनका लागि इगतपुरी गएका छन् । उहाँ दिउँसोसम्म यहाँ आइपुग्नुहुनेछ । हामी साँच्चै शुन्य भयौं । अर्पिताले अहिले कसैसँग कुरा गर्न चाहेकी छैनन्’, सिद्धार्थले भनेका छन् ।

नितेशको यसअघि अश्विनी कालसेकरसँग विवाह भएको थियो । जसले अहिले मुरली शर्मासँग विवाह गरेकी छन् । फिल्म ‘ओम शान्ति ओम’मा उनले शाहरुखको सहायकको भूमिका निर्वाह गरेका थिए । उनले ‘खोसला का घोसला’मा पनि अभिनय गरेका थिए । हाल उनी ‘इण्डियावाली माँ’ र ‘अनुपमा’मा व्यस्त थिए ।


प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत

वि.सं.२०८० जेठ १७ बुधवार १०:४८

काठमाडौं, १७ जेठ । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री...

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

नागरिकता विधेयक प्रमाणीकरण हुँनु स्वागतयोग्य, तर प्रक्रिया मिलेनः मनिष झा

वि.सं.२०८० जेठ १७ बुधवार १०:२७

काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो...

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

वि.सं.२०८० जेठ १७ बुधवार १०:१४

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले...

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान

वि.सं.२०८० जेठ १७ बुधवार १०:००

विराटनगर, १७ जेठ । कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका...

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

२८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो कालोसूचीमा

वि.सं.२०८० जेठ १७ बुधवार ०९:१२

काठमाडौं, १७ जेठ । २८ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई सार्वजनिक...

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

आयोजनाको मर्मतपछि मेलम्चीको पानी काठमाडौँ पठाइयो

वि.सं.२०८० जेठ १७ बुधवार ०९:०२

काठमाडौं, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ...