back

दयाहाङ, मिरुना, अर्पण र प्रविण स्टारर ’रङ्गेली’को इटहरीबाट छायाङ्कन सुरु

काठमाडौ, २७ भदौ । यस वर्षको महाशिवरात्रीमा प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मङ्गलवारदेखि सुरु भएको छ । सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले दिएका छन् ।

रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा चलचित्रको छायाङ्कन हुने निर्देशक अर्जुन सुवेदीले बताए ।सोमवार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्कृप्ट तथा क्यामरा पूजा गर्दै शुभ मुहूर्त भएको थियो ।

मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन । छायाङ्कनको समयमा उपस्थित नभएतापनि चलचित्र छायाङ्कनको तालिका अनुसार क्रमशः कलाकारहरूले पुग्ने गरी मिलाइएको निर्माता जीतेन्द्र खतिवडाले बताए ।

सबै प्रमुख कलाकारहरू अत्यन्त व्यस्त रहने भएको बताउँदै उनले भने, “दयाहाङ टोरन्टो फिल्म फेस्टिभलमा सहभागी भईरहनुभएको छ । मिरुनाजी पनि अर्को चलचित्रको प्रचारमा समय दिईरहनु भएको छ । हामी सबैलाई अनुकूल हुने गरी तालिका बनाएका छौँ । त्यसरी नै सबैले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ ।”

अभिनेता प्रवीण खतिवडाको छायाङ्कन सुरु भएको छ । प्रमुख कलाकारमध्ये अर्पण थापा, मिरुना मगर र रमेश बुढाथोकी बुधवार छायाङ्कन स्थल पुग्नेछन् भने अर्को हप्ता दयाहाङ राई पुग्नेछन् ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलोपटक यसप्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

मिति २०८० सालको फागुन २५ गते रिलिज हुने यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ । चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । बिबेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...