बर्षाका कारणा बाढी पहिरोका जाँदा पछिल्ला चार दिनमा १२ जनाको मृत्य, १४ सडक अवरुद्ध

वि.सं.२०७८ भदौ १४ सोमवार

काठमाडौं । भदौं १४ गते
केही दिन देखि लगातार परेको बर्षाका कारणा बाढी पहिरोका जाँदा पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको भने १४ सडक अवरुद्ध भएका छन् ।त्यस्तै बाढी पहिरो तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।९० हजारभन्दा धेरै मानिस प्रभावित हुनुका साथै करिब ५ हजार घर डुबानमा परेका प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्याले जानकारी दिनु भएको छ ।
उहाले बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको बताउनु भएकोछ । वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।
प्रकाशित समय : ०५:२० बजे