बिहान उठ्ने बित्तिकै खान नहुने खानेकुराहरु

वि.सं.२०७८ भदौ १५ मंगलवार

काठमाडौं। भदौ १५ गते
बिहान उठ्ने बित्तिकै खान नहुने खानेकुराहरु यसप्रकार छन् ।
१.खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ । जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ । त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ ।
२. खाली पेटमा चिया–कफी पिउनु सबैभन्दा घातक हुन्छ । कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ । चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ ।
३. सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ । यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ ।
४. औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैद हुन्छ ।
५.खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस । यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ ।
६.कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ । तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
७. गोलभेँडामा एसिडको मात्रा हुन्छ । खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारणा बन्न सक्छ ।
८. दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ । खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ ।
प्रकाशित समय : ००:५९ बजे