back

बेसार सेवन गर्नुका अचुक फाईदाहरु

काठमाडौं । भदौं २० गते
बेसार सबैको भन्सामा पाइने एक प्रकारको मसला हो । बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो। यसको वनस्पतिक नाम करक्यूमा लोगा हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।

चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइन्छन् ।

बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व दिई उपयोग गरिन्छ ।

बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । त्यस्तै, महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् ।
मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ ।

मधुमेहका बिरामीका लागि बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।

बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।

बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, आजभोलि बेसारलाई सौन्दर्य प्रसोधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ ।

मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...