back

फर्सी,बेथे र लट्टे साग खानुका फाईदाहरु यसप्रकार छन्

काठमाडौं । भदौ २२ गते
फर्सीको साग हाम्रो करेसा बारी सजिलै उमार्न सकिने सब्जी हो ।फर्सीको मुन्टा भन्नसाथ तपाईंको मुखमा पानी आउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो । बेथे र लट्टेको स्वाद पनि तिख्खर हुन्छ । अतः यी सबै अहिलेको मौसमी सागपात हुन् ।

मौसम अनुकुल सागपात किन खाने यसका दुई कारण छन् । एक, यसमा असली स्वाद पाउन सकिन्छ । दोस्रो, आवश्यक पौष्टिक तत्व पाइन्छ ।हुन त हामी वेमौसमी खानेकुरा खोजिरहेका हुन्छौ । तर, वेमौसमको खानेकुरा शरीरका लागि त्यती लाभदायक हुन्दैन । किनभने वेमौसमी उत्पादनका लागि कृतिम शैली अपनाइन्छ ।

प्राकृतिक रुपमा उब्जाउ भएको हुँदैन । त्यसैगरी वेमौसमी खानेकुरा फलाउन, भण्डारण गर्न केही यस्ता तरिका अपनाइन्छ, जो त्यती स्वस्थ्यकर हुँदैन । अहिले वषरयाम सुरु भइसकेको छ । यतिबेला फर्सीको मुन्टा, बेथे, लट्टे जस्ता सागपात प्रशस्तै पाइन्छ । यी सागपात निकै लाभदायक हुन्छ, स्वास्थ्यका लागि ।

फर्सीको मुन्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन पाइन्छ । साथै यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो । यसमा फाइबर त पाइने नै भयो ।

फर्सीको पात तथा मुन्टाको सेवनले हामीलाई कतिपय रोगको संभावनाबाट टाढा राख्छ । फर्सीको मुन्टा खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचन यन्त्रलाई चुस्त राख्छ ।

कतिपयलाई औधी स्वाद लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधीमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै यसमा किटनासक लगायत हानिकारक तत्व प्रयोग हुने संभावना पनि न्युन हुन्छ ।

लट्टेको व्यवसायिक खेती गरिएको त्यती पाइदैन । सिजनमा अनुकुल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुनसक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ ।

लट्ेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको । अर्को पातमा रातो भएको । दुबै किसिमको साग निकै लाभदायक हुन्छ ।

खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओमेग थ्रि पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...