आज काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्दै

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौं । भदौ २७ गते
आज काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ ।
निषेधाज्ञा हटाइएपछिको संक्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्न लागेको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सीसीएमसीको समीक्षापछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ ।
प्रकाशित समय : ०५:४४ बजे