जानिराखै यी हुन् काजु खानुका अचुक ९ फाईदाहरु

वि.सं.२०७८ असोज ९ शनिवार

काठमाडौं । काजु कस्लाई मन पर्दैनर बजारमा काजुको मुल्य पनि अरुको तुलनामा बढिनै छ । आज हामी तपाईहरुलाई काजुको महत्वपुर्ण जानकारी गराउँदैछौँ ।
काजु बजारमा महङ्गो मुल्यमा किन्नु पर्ने भएकोले त्यसको फाईदा पनि मुलयवान नै छन् । यी हुन काजु खानुका फाईदाहरु
१. तपाईलाई थकान महशुस हुन्छ भने काजु खानुहोला । त्यसले तपाईंको शरीरमा ऊर्जा थपिदिन्छ।
२. काजुमा प्रोटिन हुनाले अनुहार चम्किलो बनाउन मदत गर्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुने हुन्छ ।
३. काजुमा पाईने तेलमा भिटामिन–बी प्रचुर मात्रामा हुने भएकाले दिमाग तेजिलो बनाउन मदत गर्छ।
४. युरिक एसिड भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
५. काजुले रक्तचापलाई नियन्त्रण गर्छ ।
६. हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रणमा आउँछ ।
७. काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो बनाउने गर्छ । त्यसमा पाईने तत्वहरुले मुटुका मांसपेशीलाई बलियो बनाउन सहयोग समेत गर्छन् ।
८. काजु खाएमा शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रण हुन्छ ।
९. काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।
प्रकाशित समय : ०२:०१ बजे