नेपालका लागि १ करोड मात्रा खोप आउने सुुनिश्चित : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ असोज ९ शनिवार

काठमान्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले १ करोड मात्रा खोप आउने सुनिश्चित भएको बताएका छन् ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसंख्यामध्ये कम्तीमा आधालाई १ मात्रा खोप लगाउने जानकारी दिएका छन् ।
हालसम्ममा एकचौथाई बढीले खोपको पूर्ण मात्रा पाइसकेको देउवाले प्रस्ट पारे । अबको खोप अभियानका लागि १ करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् । उनले भने, ‘अब १२–१८ वर्ष उमेर समूूहलाई खोप लगाउनेतर्फ केन्द्रित रहेको छ ।’प्रधानमन्त्री देउवाले नेपाललाई संकटको समयमा सहयोग गर्ने सबै साझेदारहरुलाई धन्यवाद प्रकट गरे
प्रकाशित समय : ०३:४७ बजे