हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको औषधि व्यवस्था विभागद्वारा जानकारी

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौं । असोज १२ गते
औषधि व्यवस्था विभागले सरकारले हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको जनाएको छ।औषधिको मूल्य निर्धारण सम्बन्धी गलत र भ्रामक खबर बाहिर आएको भन्दै विभागले प्रेस विज्ञप्ति जारी गरी हाल कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरेको जनाएको हो।
हालसम्म विभिन्न ९६ प्रकारका औषधिहरुको २०७२ साल साउन १८ मा नेपाल राजपत्रमा प्रकाशित गरी तथा २१ प्रकारका औषधिहरुको प्रक्रिया पुरा गरी मूल्य निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ। सो बाहेक अन्य कुनै पनि औषधिहरुको मूल्य निर्धारण नगरिएको विभागको भनाई छ।
सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य स्वयं उत्पादकहरुले नै निर्धारण गर्ने गरेको विभागको भनाई छ।
प्रकाशित समय : ०१:५२ बजे