काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नपाउने

वि.सं.२०७८ असोज १५ शुक्रवार

काठमाडौं । असोज १५ गते
काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नपाउने भएका छन् । आज बिहानदेखि लागू हुने गरी उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले निर्णय गरेको हो ।
आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारीसाधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो ।
सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारीसाधनमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।
प्रकाशित समय : ०२:५२ बजे