स्वास्थ्य मापदण्डमा रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाउने गृह मन्त्रालयद्वारा जानकारी

वि.सं.२०७८ असोज १५ शुक्रवार

काठमाडौं । असोज १५ गते
स्वास्थ्य मापदण्डमा रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाउने गृह मन्त्रालयले स्पष्ट पारेको छ ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासनले भेला जुलुस लगायतका कार्यक्रममा रोक लगाउने गरी आदेश जारी गरेपछि त्यसको आसय नियमभित्र रहेर गरिने कार्यक्रममा बन्देज नभएको गृहले जनाएको हो ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारले संविधान, प्रचलित कानुन र कोरोना भाइरसको नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ ।
प्रकाशित समय : ०३:५५ बजे