back

स्वास्थ्यका लाथि च्याउ खानुका अचुक फाईदाहरु

काठमाडौं । मंसिर ७ गते
च्याउको सेवन अहिले बढ्दो देखिएको छ । च्याउको स्वाद मिठो मात्र नभएर यसको धेरै फाईदाहरु समेत छन् जसले गर्दा च्याउको सेवन बढ्दो छ ।च्याउका परिकार निकै स्वादिलो हुने कुरामा दुइमत छैन ।

च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउको सेवनले सरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।च्याउमा पाईने एमीनो एसिड, भिटामिन जस्ता पौष्टिक तत्वले हाम्रो शरीरको धेरै थरिका बिमारीहरुबाट बचाउँछ । यदि तपाईलाई च्याउ तरकारीको रुपमा मिठो नलागे यसलाई सलाद वा नुडल्समा हालेर समेत सेवन गर्न सक्नुहुनेछ ।

च्याउलाई भिटामिन डिको सबै भन्दा राम्रो श्रोत समेत मानिन्छ । भिटामिन डिको कारण हड्डीलाई मजबुत बनाउछ । च्याउको सेवनले गर्दा अर्थराइटिस हुने सम्भावना समेत कम गराउछ ।च्याउमा धेरै कम मात्रामा कार्बोहाइड्रेट्स पाईने हुँदा वजन र ब्लड सुगर लेवललाई सामान्य राख्न मद्दत पुर्याउछ ।च्याउमा कोलेस्ट्रॉलको मात्रा पनि कम हुने हुँदा भोक धेरै लाग्दैन ।

जो व्यक्तिलाई भोक धेरै लाग्ने समस्या छ भने च्याउको सेवन उपयुक्त औषधि हुनसक्छ ।च्याउको सेवाले गर्दा प्रोटेस्ट र स्तन क्यान्सरबाट पनि बचाउन मद्दत पुर्याउछ । च्याउमा पाईने एंटीऑक्‍सीडेंट तत्त्वले हानिकारक फ्री रेडिकल्‍सबाट बचाउँछ । च्याउको सेवन गर्नाले शरीरमा एंटीवायरल र प्रोटिनको मात्रा बढ्छ जसले गर्दा शरीरको कोषहरूलाई रेपेयर गर्दछ । यो एक नेचुरल एंटीबायोटिक हो जसले माइक्रोबियल र फंगल संक्रमणबाट बचाउछ ।

साथै च्याउ सेवन गर्दा च्याउमा पाईने भिटामिन बि, डि, पोटाशियम र आइरन तत्त्वका कारण मुटु, डायबिटीज, क्यान्सर र मोटोपनबाट बचाउछ ।बढ्दो उमेरलाई रोक्न एंटीऑक्सीडेंट सबै भन्दा चाहिने तत्त्व हो जुन च्याउमा पर्याप्त मात्रामा पाइन्छ ।

यो एन्टीएजिंगको काम गर्छ । यो बाहेक च्याउमा धेरै थरिका औषधि युक्त गुणहरु समेत पाईन्छ जसले स्किनलाई जवान देखिने बनाउछ र बुढापन देखिनबाट जोगाउछ । यदि च्याउलाई उमालेर खानुहुन्छ भने झन् बढी फाइदाजनक हुनेछ । च्याउलाई पानीमा उसिन्दा बीटाग्‍लूकन बढ्ने हुँदा ग्‍लूकनमा सुधार आउनेछ ।जाडो मौसममा च्याउ खाँदा झन् धेरै फाईदा हुन्छ । च्याउमा पाईने पौषक तत्त्वले रोक प्रतिरोधक क्षमता बढाउछ जसले गर्दा चिसोमा हुने बिमारीबाट टाढा राख्छ ।


काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन.मतदान गर्न देउवा पक्षले माग

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५४

काठमाडौं । मंसिर १२ गते आइतबार बिहान पत्रकार सम्मेलन गर्दै...

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षामन्त्री पौडेलको भनाई

वि.सं.२०७८ मंसिर १२ आइतवार ०५:५०

काठमाडौं । मंसिर १२ गते सार्वजनिक शिक्षाको सुधार र निजी...

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...