back

मासु नखाँदा मावन शरिरलाई हुने १० फाइदाहरु यसप्रकार छन्

काठमाडौं । मंसिर ८ गते
मासु प्राय सबैलाई मन पर्ने परिकार हो । मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि रु मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ ।मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ ।

केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गरिएको छ ।

पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ – एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।

मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।

शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।

मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।

रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।

यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।

मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।

मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।

जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।

मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।


नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको घनश्याम भुसालको टिप्पणी

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:४०

काठमाडौं । मंसिर १२ गते नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण...

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने गृहमन्त्री बालकृष्ण खाणको कथन

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३६

काठमाडौं । मंसिर १२ गते नेपाली कांग्रेस बलियो भएमा मात्र...

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन सक्दैन –अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:३१

काठमाडौं । मंसिर १२ गते अर्थमन्त्री जनार्दन शर्माले जनताको सहयोग...

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

ओलीलाई बाबुराम भट्टराईले दिए स्टालिन र हिटलरको संज्ञा

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:२४

काठमाडौं । मंसिर १२ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका...

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान सीसीएमसीसीको बैठक बस्दै

वि.सं.२०७८ मंसिर १२ आइतवार ०२:०६

काठमाडौं । मंसिर १२ गते आज बिहान सीमा नाकामा कडाइ...

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

नयाँ भेरियन्टले पुनः महामारीको रूप लिन सक्ने डब्लुएचओको संकेत

वि.सं.२०७८ मंसिर १२ आइतवार ०१:४९

काठमाडौं । मंसिर १२ गते कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप...