back

मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन

काठमाडौं । वैशाख १९ गते
तपाईले दैनिक कति मासु खानु हुन्छ ? त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाको अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् ।

एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ ।यसको मतलब यो होइन कि आफ्नो आहारबाट मासु पूर्णरूपमा हटाउनु पर्छ । बरु, महत्वपूर्ण परिवर्तन आवश्यक छ । मासु व्यवसायले ठूलो वातावरणीय प्रभाव पारेको छ र पछिल्ला दशकहरूमा मानव आहारको आवश्यकताभन्दा धेरै मासुको माग बढेको छ ।

प्रतिवेदनका लेखक तथ बोन विश्वविद्यालयका प्रोफेसर डा मतिन काइमका अनुसार सबै मानिसहरूले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने हामीले निश्चित रूपमा अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुमाउनेछौं र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन् ।

काइमका अनुसार हामीले हाम्रो मासु खपतलाई आधा घटाउनुपर्छ–प्रतिवर्ष २० किलोग्राम वा त्योभन्दा कम । नयाँ अध्ययन एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्समा प्रकाशित छ । उत्तरी अमेरिका, सामुद्रिक र युरोपका धनी देशहरूले प्रतिव्यक्ति सबैभन्दा बढी मासु खपत गर्छन् । विश्लेषणअनुसार सन् २०५० सम्म मासुको माग बढिरहनेछ । मासुको अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउने तथ्यका बाबजुद पनि यसको माग बढ्दो छ ।


गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:५३

काठमाडौं । जेठ ९ गते जिल्ला समन्वय समिति गठनका लागि...

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११

काठमाडौं । जेठ ९ गते स्थानीय तह निर्वाचन २०७९ मा...