back

जिल्ला अस्पताल मुगुमा बिरामीको चाप बढ्दै,अस्पतालका बेड भरिभराउ

काठमाडौं । बैशाख २५ गते
जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् । टाइफाइड, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।

अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए । उनका अनुसार १५ शय्याको अस्पतालमा दैनिक १० जनासम्म नयाँ बिरामी भर्ना भइरहेका छन् । गर्मी बढेसँगै ज्वरो, टाइफाइड र झाडापखालाका बिरामीको संख्या बढेको उनको भनाई छ ।

अस्पतालमा आएका मध्ये झण्डै ७५ प्रतिशत बिरामी झाडा पखालाका हुने उनको भनाइ छ । टाइफाइटले थला परेपछि औषधि गर्न अस्पतालमा आएकी सोरु–९ कालैकी जानदेवी ऐडीले औषधि नहुँदा बाहिरका मेडिकलबाट सुई, स्लाइन र औषधि ल्याएर उपचार गर्नुपरेको बताइन् ।

बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ । दैनिक १ सयभन्दा बढी बिरामीको चेकजाँच गर्नुपर्ने बाध्यता रहेको उनले बताए । जिल्ला अस्पतालको आफ्नै फार्मेसी छैन । भर्ना भएका बिरामीलाई एस्पिरिन, एड्रेनालिन, अबलेन्डाजोल, टिनीडाजोल, भिटामिनहरू, जिंक सल्फेटलगायत औषधिको मौज्दात पनि कम रहेको प्रमुख गौतमले बताए ।

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयले अस्पताललाई औषधि खरिदका लागि १८ लाख रुपैयाँ बजेट दिए पनि अहिलेसम्म औषधि खरिद भएको छैन । उनले अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया सेवासमेत ठप्प भएको बताए ।


पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

वि.सं.२०७९ जेठ १० मंगलवार ००:३४

काठमाडौं । जेठ १० गते यसपालि एमाले एकजुट छैनन् ।...

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

रुपन्देहीको कोटहीमाई गाउँपालिका प्रमुख र उप–प्रमुखमा लोसपा निर्वाचित

वि.सं.२०७९ जेठ १० मंगलवार ००:२५

काठमाडौं । जेठ १० गते रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक...

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

गठबन्धन प्रदेश र सङ्‍घीय संसद्को निर्वाचनसम्म जान्छ –कांग्रेस वरिष्ठ नेता पौडेल

वि.सं.२०७९ जेठ ९ सोमवार ०९:३८

काठमाडौं । जेठ ९ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई नि.शुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:३५

काठमाडौं । जेठ ९ गते ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा...

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१६

काठमाडौं । जेठ ९ गते काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा...

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:०२

काठमाडौं । जेठ ९ गते १६ वटा स्थानीय तह रहेको...