back

स्वास्थ्यका लागि जैतुनको तेल सेवन गर्नुका फाईदाहरु

काठमाडौं, १५ साउन ।  तेल भन्‍नेबित्तिकै मानिसको दिमागमा फ्याट बढाउने भनेर सम्झना आउँछ। तर एउटा यस्तो तेल जसले फ्‍याट घटाउन महत्वपूर्ण मानिन्छ, त्‍यतिमात्रै होइन यसले मानिसको दिमागलाई बलियो र स्फूर्त राख्‍न अहम भूमिका खेल्दछ, त्‍यो हो जैतुनको तेल।

साधारणतया जैतुन दुई रङमा उपलब्ध हुन्छ, एउटा कालो, अर्को हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रुपमा प्रयोगमा आउँनुका साथै निकै लाभदायी हुन्छ। तीमध्‍ये जैतुनलाई भर्जिन, एक्स्ट्रा भर्जिन, पियोर ओलिभ ओयल र लाम्पान्टे ओएल गरी चार भागमा विभाजन गरिएको छ।

त्‍यसमध्‍ये भर्जिन, एक्ट्रा भर्जिन, पियोर ओलिभ ओयल जैतुनको तेललाई मसाज गर्न, खाना पकाउन लागि सर्वोत्कृष्ट मानिन्छ भने लाम्पान्टे ओएल इन्धनको लागि बढी उपयोगी मानिन्छ।

यसको तेलले क्यान्सरका बिरामीलाई क्‍यान्सर घटाउन मद्दत गर्छ भने मुटुको रोगीलाई अचुक औषधिको रुपमा मानिन्छ। यो तेलको नियमित सेवनले मष्तिष्क स्वस्थ बनाउनुका साथै दिमाग तेज बनाउँछ।

यसका साथै मसाज गरेमा शरीरका हड्डीहरु मजबुत बनाउँछ। यसका साथै उच्च रक्तचापका विरामीहरुलाई पनि फाइदा पुर्‍याउँछ। शरीरमा भएको बोसोरमोटोपन घटाउन, कपाल चम्किलो र मुलायम बनाउन जैतुनको तेलले भरपूर सहयोग गर्छ।

सामान्‍य हड्डी मर्किएमा अस्पताल जानुको साटो यो तेल लगाएर मसाज गरेमा मर्किएको अंग निको हुन्छ। यस्तै यौन शक्ति कमजोर भएका मानिसहरुका लागि जैतुनको तेलमा पकाएका परिकारहरु बहुउपयोगी मानिन्छ। यसका लागि १० ग्राम दालचिनी र ३० ग्राम जैतुनको तेलको मिश्रण गराएर शरीरमा मालिस गर्न सकिन्छ।

जैतुनको तेल प्राय युरोपेली मुलुकहरुले बढी प्रयोग गर्ने गर्दछन्। उनीहरुले यसलाई प्राय खाना पकाउनमा प्रयोग गर्ने गर्दछन्। खासगरी इटालियनहरुले जैतुनको तेललाई आफ्नो भान्सामा अनिवार्य नै गरेका हुन्छन्।


गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

वि.सं.२०८० असोज ९ मंगलवार ०८:५२

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा...

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...