back

कपालका लागि लाभदायक चौलानी पानी

काठमाडौं २९ साउन । प्रायः कोरियाली र चिनियाँहरु कपाल हेरचाह सबन्धी आफनो उत्पादनहरूमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला ।

धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन्। तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ ? चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि निस्कने स्टार्च पानी हो।

चामलको पानीमा भिटामिन बी १, भिटामिन बी ६, फस्फोरस, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम र अन्य तत्वहरु पाइन्छ । यसमा पोटासियम, आयोडिन, जिंक र फाइबर पनि केही हदसम्म पाइन्छ। चामलको पानीले कपालमा लगाउँदा हुने फाइदा र त्यसले देखाउने प्रभावका बारेमा जान्नुहोस् ।

चामलको पानी कपालमा लगाउँदा धेरै फाइदा हुन्छ । यसले कपालको क्युटिकललाई सुधार्छ, यसको प्रयोगले कपालको चमक बढाउँछ र साथै टाउकोलाई स्वस्थ राख्न मद्दत गर्छ। यही कारणले गर्दा यो धेरै कपाल हेरचाह उत्पादनहरूमा समावेश भएको होा ।

चामलको पानीमा धेरै एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ जसले कपाललाई समयपूर्व नै कालो हुनबाट रोक्छ। यस्तो पानीमा रहेको खनिज तत्वहरुले कपाललाई औषधीको रुपमा काम दिन्छ, जसकाकारण लगातार कपाल झर्न पनि रोकिन्छ।

यो पर्यावरण मैत्री तरिकाले कपाल हेरचाह गर्ने कार्य चीनमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ । जस्तो कि चीनको हुयांगुलुओ याओ गाउँका महिलाहरूको कपाल चामलको पानीले धोएपछि मात्र घुँडा मुनि पुग्ने विश्वास गर्छन । तपाई पनि चामलको पानीको फाइदा उर्ठाएर कपालमा लगाउनुहोस र आफ्नो कपाल कम्मरसम्म बढाउन सक्नुहुन्छ, घुँडासम्म मात्रै होइन।

चामलको पानी बनाउने धेरै तरिकाः
पहिलो तरिका भनेको चामल उमालेर यो पानी बनाउनु हो। यसका लागि आधा कप चामल लिनुहोस् र त्यसमा २ गिलास पानी मिसाउनुहोस्। अब यो चामल पकाउनुहोस् र पकाए पछि चामललाई छान्नुहोस् र बाँकी पानीलाई भाँडोमा राख्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने तपाई अलि बढी पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

अर्को तरिका चामल भिजाएर चामलको पानी तयार गर्ने हो। यसका लागि एक कप चामललाई राम्ररी धुनुहोस् र त्यसमा २ देखि ३ गिलास पानी हालेर भिजाउनको लागि राख्नुहोस् । अब आधा घन्टापछि चामललाई छानेर पानी अलग गर्नुहोस्।

फरमेटर राइस वाटर बनाउनका लागि २ कप चामल लिनुहोस् र त्यसमा दोब्बर पानी थप्नुहोस्। यसलाई २० देखि ३० मिनेट भिजाएर पानी छुट्याएर बोतलमा भर्नुहोस्। यो बोतललाई दिनभरको लागि बन्द गर्नुहोस् र यसलाई अँध्यारो ठाउँमा राख्नुहोस्। तपाईका लागि अब फर्मेटर राइस वाटर तयार भयो ।

अब त्यो पानीले कपाल धुनुहोस । कपाललाई धुनका लागि तत्कालै चामलको पानी प्रयोग गर्न पनि सक्नुहुन्छ वा टोनरजस्तै शिरमा आधा घण्टासम्म राखेर कपाल धुन पनि सक्नुहुन्छ। अनि देख्नु हुँनेछ त्यसको जादु ।


टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

वि.सं.२०८० असोज १६ मंगलवार ०८:३४

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री...

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

अर्थतन्त्रमा देखिएका समस्याको पहिचान गरी त्यसको सुधार गर्न लाग्नुपर्छ : अर्थसचिव पुष्कर

वि.सं.२०८० असोज १६ मंगलवार ०७:२१

काठमाडौ, १६ असोज । हालको राजस्व नीति र परम्परमगत राजस्व...

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७

काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना...

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

कुमारी बैंकलाई ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार ०६:४६

काठमाडौ, १६ असोज । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५०...

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

वि.सं.२०८० असोज १६ मंगलवार ०५:४३

काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर...

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

वि.सं.२०८० असोज १६ मंगलवार ०५:२७

काठमाडौं, १६ असोज । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य...