back

शरीरको महत्वपुर्ण अंग कलेजो, यसरी स्वस्थ राख्न सकिन्छ स्वस्थ

काठमाडौ, ७ भदौ । मानव स्वास्थ्यका लागि कलेजो महत्वपुर्ण अंग मानिन्छ । कलेजोमा समस्या भएमा सम्पुर्ण शरिरको कार्य क्षमतामा ह्रास आउँदछ ।तपाई आफुले खाने कुराहरुमा तल दिइएका ४ चिजलाई समावेश गर्नुहोस् र तिन महिनामा कलेजोका समस्याहरु लिभर सिरोसिस, लिभर फिब्रोसिस फ्याटि लिभर जस्ता समस्याहरुवाट छुटकारा पाउनुहोस् ।कलेजोलाई स्वस्थ राख्ने खानेकुहरुको बारेमा लत उल्लेख गरिएको छ ।

अमला भिटामिन सी सबैभन्दा ज्यादा पाउने स्रोत मध्ये एक हो। अमला खानाले लिभरको कार्यक्षमता बढाउन मद्दत गर्दछ । अध्ययनहरुका अनुसार अमलामा लिभरलाई सुरक्षित राख्ने सबै तत्वहरु रहेको हुन्छ । लिभरलाई स्वास्थ्य राख्न तपाई दिनमा ४र५ वटा काचो अमला खाने गर्नुहोस्।

मेवा लिभरका बिरामिहरुका लागि सुरक्षित प्राकृतिक उपचार मध्ये एक हो । मेवा लिभर सिरोसिसको लागि बढि सुरक्षित हुन्छ । दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतिको रसलाई मिसाएर प्रत्येक दिन खाने गर्नुहोस् । यसरी तपाईले तीन देखि चार हप्ता सम्म नियमित मेवा, कागति मिश्रण गरेर खानाले तपाई लिभर सिरोसिसवाट छुटकारा पाउन सक्नुहुनेछ ।

लसुनले कलेजोको एन्जाइमलाई सक्रिय पार्न मद्दत गर्छ । जसले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्ने काम गर्छ। साथै, यसले एलिसिनको उच्च स्तर कायम राख्न पनि मद्दत गर्छ । जसमा एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक र एन्टिफङ्गल गुणहरू हुन्छन्, जसले एन्टिअक्सिडेन्टलाई बृद्धि गर्छ। यी दुवैले लिभर सफा गर्न मद्दत गर्छ।

स्याउको रस ले लिभरमा रहेको बिषालु पदार्थलाई बाहिर ल्याउने काम गर्दछ । खाना खानु पुर्व स्याउको रस पिउनाले शरिरमा बोसोको मात्रा घटाउदछ । स्याउको रस लाई तपाई बिभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । एक गिलास चिसो पानीमा एक चम्चा स्याउको रस मिसाउनुहोस् । यस मिश्रणमा एक चम्चा मह हाल्नुहोस् । यस मिश्रणलाई तपाई दिनमा तीन चार गिलास पिउने गर्नुहोस लिभरको समस्यावाट छुटकारा पाउनु हुनेछ ।

एक दाना पहेलो कागतिलाई दुई टुक्रा पार्नुहोस । काटेको आधा कागति भित्रको बिया निकाल्नुहोस् । बिया निकालेको कागति लाई नछुटिने गरि चार भागमा काटनुहोस् । त्यसपछि कागतिको एक भागमा कालो खुर्सानीको धुलो, दोस्रोमा कालो नुन ९बिरे नुन० , तेस्रोमा अदुवाको धुलो र अर्कोमा मिश्रिको धुलो राख्नुहोस । यसरि धुलो राखिएको कागतिलाई राति प्लेटमा छोपेर राख्नुहोस । बिहानको खाना खानु पहिले यसलाई तावामा तताएर निकाल्नुहोस र चुस्नु होस् । सय ग्राम पानीमा आधा कागति निचोरेर नुन हाल्नुहोस । यसलाई दिनमा तीन पटक पिउने गर्नुहोस तपाईको लिभरको समस्या ठिक हुनेछ ।

एमिनो एसिडहरूको लागि उत्कृष्ट स्रोत हो ओखर । ओखर नियमित रूपमा खानाले तपाईंको कलेजोलाई डिटक्स गर्न यसले मद्दत गर्छ।ग्रीन टि विश्वमा एक धेरै चल्तीयुक्त पेय पदार्थ हो । हरियो चिया प्लान्टमा आधारित एन्टिआक्सिडन्ट्सले कलेजोको कार्यमा सुधार ल्याउँछ।क्लोरोफिल युक्त हरियो पातदार तरकारीहरू तपाईंको रक्तप्रवाहमार्फत् विषालु पदार्थलाई बाहिर पठाएर कलेजोको रक्षामा भूमिका खेल्छ ।

हल्दी राम्रो मसला हो, जसले हाम्रो कलेजोमा हुने क्षतिलाई कम गर्छ। हल्दीले बोसो र पित्तको रस उत्पादन गर्न मद्दत गर्छ, जसले हाम्रो कलेजोको लागि प्राकृतिक डिटोक्सिफायरको रूपमा कार्य गर्दछ।चुकन्दर भिटामिन सीको लागि उपयुक्त स्रोत हो । यसले पित्तको सफाइमा ध्यान दिनुका साथै ईन्जामिक गतिविधिलाई बढावा दिन्छ। यसले तपाईंको कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।


‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने

‘सी फूड’ मा ज्योति विकास बैंकका ग्राहकले २७ प्रतिशतसम्म छुट पाउने

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:२१

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका...

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:१३

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट...

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५९

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बिच दक्षिण कोरियाले...

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५३

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना...

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...