back

कस्तो रहने छ तपाईको दिन ?

काठमाडौं । असोज ५ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज स्वास्थ्यमा खर्च बढ्ने यात्रामा मालसामान हराउन सक्न्े योग रहेको छ भने सानातिना समस्यामा अल्झनुपर्ने तथा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्ने तथा कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने आर्थिक कारोबारमा सफलता पाइनुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा लाभदायक यात्रा होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज काममा अपेक्षाकृत सफलता हात पर्ने योग रहेको छ भने रोकिएको धन हात पर्नुका साथै न्यायिक कार्यमा सफलता मिल्ने तथा व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने योग रहेको छ भने बन्न लागेको काम बिग्रिनुका साथै सामान हराउने वा चोरी हुने सम्भावना पनि छ, तर साँझमा आफन्तको सहयोग मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ आरम्भको चर्चा चल्ने योग रहेको छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्नुका साथै स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिने तथा टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज ठीक समयमा सही निर्णय लिन सकिनेयोग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्ने तथा व्यापार व्यवसायमा सफलता मिल्नुका साथै लाभदायक यात्रा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै साथीभाइले पनि राम्रै सहयोग जुटाउने तथा कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउनुका साथै कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा घरमा अतिथिको आगमन हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज महत्त्वपूर्ण कामको थालनी हुने योग रहेको छ भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा लक्ष्मी प्रसन्न हुने योग छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने तथा प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।


दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

दोलखामा रद्ध गरिएका मतदान केन्द्रहरुमा पुनः मंसिर १५ गते मतदान

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१८

काठमान्डौ । यहि मंसिर १५ गते दोलखाका रद्ध गरिएका मतदान...

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...