आज कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौंमा नगरअधिवेशन हुँदै

वि.सं.२०७८ असोज १६ शनिवार

काठमाडौं । असोज १६ गते
आज नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो ।
दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रकाशित समय : ०५:०२ बजे