शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य जेठ चारमा खोल्छु–अध्यक्ष ओली

वि.सं.२०८० वैशाख २८ बिहीवार

काठमाडौं, २८ वैशाख । आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु ।
चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनाइ छ ।
त्यस्तै उनले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् । लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरेका छन् ।
अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खाजेको भन्दै उनले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कार्य पनि भ्रष्टाचार नै भएको बताए ।
कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ । उनका अनुसार सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका नेताहरुले माओवादी लडाकुलाई दिने भनेर निर्णय गर्ने र त्यो रकम आफैं राख्ने कार्य यसअघि लडाकु शिविरमा भएको छ । लडाकु शिविरको नाममा नभएका नभएका व्यक्तिको नाममा अर्बौँ पैसा घोटाला भएको अध्यक्ष ओलीको आरोप छ ।
प्रकाशित समय : ०७:३८ बजे