back

सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी

सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी गरेको छ । लिभिङ विट आइसिटीले आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए ।

“मोवाइल डाटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौँ”, उनले भने, “सरकारी र नीजि मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने छ ।”

एउटा किसानले पनि आफ्नो उत्पादनलाई टेक्लोलोजीसँग जोड्न सक्ने गरी बजारीकरण गर्न सजिलो गराउनका लागि इन्टरनेट सेवाको शुल्क घटाउन थालिएको उनको भनाइ छ । उनले डिजिटल नेपाल फ्रेमवर्क बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रतिनिधिसभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले सूचना प्रविधिको प्रयोग गरेर मात्र मुलुकमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिने बताइन । प्रविधिको प्रयोग गरेर मात्र मुलुकलाई समृद्व बनाउने सकिने बताउँदै उनले नेपाललाई डिजिटल नबनाई सुशासन हुन नसक्नेतर्क गरिन ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले कोरोनाका कारण डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभाव पारेको भन्दै सूचना प्रविधिको विकास सरकारले भन्दा निजी क्षेत्रले गरेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि शिक्षा र प्रविधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए ।

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, काठमाडौँकी कक्षा १२ मा अध्ययनरत नेहा गिरीले जितेकी छन् । उनको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगितामा प्रथम भई रु एक लाखको राशिको पुरस्कार प्राप्त गरेको छ ।

यस्तै द्वितीय बङ्गलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरका कक्षा १० का ऋदम भेटवाल जितेका छन् । उनीहरूले नगद रु ५० हजार पाएका छन् ।


लोक गायक नमराज ढुंगानाको लोक दोहिरी गित “चोखो छ जवानी” सार्वजनिक

लोक गायक नमराज ढुंगानाको लोक दोहिरी गित “चोखो छ जवानी” सार्वजनिक

वि.सं.२०७९ पुस ७ बिहीवार ०६:१३

काठमाडौं, ७ पुस । लोक गायक नमराज ढुंगानाको लोक दोहिरी...

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

दक्षिण एसियाका उत्कृष्ट १० बिजनेश लिडरको सूचीमा डिशहोमका एमडी सुदिप आचार्य

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०७:४७

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण...

डिशहोम फाइबरनेटको प्रयोगकर्ता २ लाखभन्दा बढी

डिशहोम फाइबरनेटको प्रयोगकर्ता २ लाखभन्दा बढी

वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:५७

काठमाडौं । डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् ।...

गायब भएको टुकुचा खोला भेटियो

गायब भएको टुकुचा खोला भेटियो

वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०६:१४

काठमान्डौ । काठमाडौ महानगरले गायब भएको हात्तिसार क्षेत्रमा टुकुचा खोला...

नेपाली सेनाले २२९ जनालाई जागिर खुल्यो

नेपाली सेनाले २२९ जनालाई जागिर खुल्यो

वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०४:४६

काठमान्डौ । नेपाली सेनामा सहायक सेनानीका लागि २२९ जना लाई...

आज देखी राहदानीको अनलाइन आवेदन खुल्ने

आज देखी राहदानीको अनलाइन आवेदन खुल्ने

वि.सं.२०७९ साउन १७ मंगलवार ०५:१८

काठमान्डौ । आज बिहान ११ बजेदेखि राहदानी विभागले ई–पासपोर्टको अनलाइन...