केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर

वि.सं.२०७९ वैशाख ९ शुक्रवार
काठमान्डौ । नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।
केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् ।
तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।
प्रकाशित समय : ०६:३७ बजे