back

हजार कोटामा झण्डै १० हजार युवाले इजरायल जान भरे फारम

रोजगारीका लागि इजरायल जान माग गरिएको एक हजार कोटामा करिब १० हजार युवाले फारम भरेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार तोकिएको अवधिभित्र परेका आवेदनमा ९ हजार ६ सय ९९ युवाले आवेदन दिएका हुन् ।

यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटामा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।

वैदेशिक रोजगार विभागले गत साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ ।

विभागले तोकिएको अवधि (भदौ १५ देखि २२ गतेसम्म)भित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा गर्ने तयारी गरेको छ । आवदेन भर्नेहरुको लिखित परीक्षाको मिति भने तय गरिसकेको छैन ।

साथै, विभागका अनुसार आवेदन स्वीकृति भएमा वा अस्वीकृति भएमा सो को जानकारी गराउने तथा आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत परीक्षा केन्द्र, परीक्षा समय तोक्ने निर्णय भएपछि आवेदकलाई जानकारी गराइने छ ।


चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:४९

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ...

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०६:४६

न्युयोर्क, १३ मंसिर मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको...

संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट

संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:२०

न्युयोर्क, १३ मंसिर । संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको...

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:१२

बेइजिङ।  चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले...

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो–किम जोङ उन

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो–किम जोङ उन

वि.सं.२०७९ मंसिर ११ आइतवार ०४:४३

काठमाडौं,११ मंसिर ।  उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको...