back

कार कुदाउँदै गर्दा बुबामाथि गोली लागेपछि यी दुई बालकले गाडी चलाए !

अमेरिकामा गत शुक्रबार राति एक २९ वर्षका युवा र उनका दुई छोरा कारमा भ्रमण गरिरहेका थिए। टेक्सासको फ्रिवे सडकखण्डमा उनीहरुको कार कुदिरहेको थियो।

यसबीचमा ती व्यक्तिमाथि गोली चलेको थियो। गोली लागेर उनी गम्भीर घाइते भएपछि उनका ८ र ६ वर्षका छोराले कार कुदाएका थिए। बालकहरुले कार सुरक्षित स्थानमा रोकेका थिए।

ह्युस्टन प्रहरी डिपार्टमेन्टका अनुसार कार सुरक्षित रुपमा रोकेपछि उनीहरुले सहयोग मागेका थिए। घटनास्थलमै बालकका बुबाको मृत्यु भएको छ। तर बालकहरुले कार चलाउन जानेकाले उनीहरुको ज्यान भने जोगिएको प्रहरीको भनाइ छ।

हाल प्रहरीले यो घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी राखेको छ। सीसीटीभी लगायत विभिन्न माध्यमबाट अपराधीको खोजीकार्य जारी राखिएको बताइएको छ। सीएनएन


अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

अब मंकीपक्सलाई एमपक्स भन्नूः डब्लूएचओ

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०६:४६

न्युयोर्क, १३ मंसिर मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको...

संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट

संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:२०

न्युयोर्क, १३ मंसिर । संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको...

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:१२

बेइजिङ।  चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले...

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो–किम जोङ उन

उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु हो–किम जोङ उन

वि.सं.२०७९ मंसिर ११ आइतवार ०४:४३

काठमाडौं,११ मंसिर ।  उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको...

अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध

अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध

वि.सं.२०७९ मंसिर ११ आइतवार ०४:११

न्युयोर्क, ११ मंसिर ।अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई...

गोली प्रहार पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए इमरान खान

गोली प्रहार पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए इमरान खान

वि.सं.२०७९ मंसिर ११ आइतवार ०२:३५

काठमाडौं, ११ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली...