काबुल बिस्फोटमा परि मृत्यु हुनेको संख्या ९० पुग्याे

वि.सं.२०७८ भदौ ११ शुक्रवार

काबुल विमानस्थल नजिकै बिहीबार साँझ भएकोे विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ। उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको ज्यान गएकाे छ। तालिवानको कब्जापछि देश छोड्न हतार गर्ने मानिसहरुलाई लक्षित गरी बम हमला भएको थियो। हमलाको जिम्मेवारी इस्लामिक स्टेटको एक सहयोगी संगठनले लिएको छ। यसैबीच सो आक्रमणपछि राष्ट्रपति बाइडेनले जिहादीलाई क्षमा नदिने बताएका छन् ।
प्रकाशित समय : ०५:५२ बजे