back

अमेरिकाको आँधीसँगै भीषण बाढीमा परि : ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौ । अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण तीन जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

लुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ जुनबेसी स्थायी घर भएका आङगेलु लामा श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको मृत्यु भएको एसोसियसनले जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्क र न्यु जर्सीमा भारी वर्षा भएको छ । न्युयोर्कमा मात्रै बाढीमा परी १४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ११ जनाको बेसमेन्टमा डुबेर मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी न्युजर्सीका गभर्नर फिल मर्फीका अनुसार राज्यमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको गाडी बाढीमा डुबेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै पेन्सिल्भानियामा ५ जनाको मृत्यु भएको छ भने मेरिल्यान्ड र भर्जिनियामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको बताइएको छ ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...