back

घानीले देश छाडनुको रहस्य खोले

अफगानिस्तानका पूर्व-राष्ट्रपति अशरफ घानीले ६० लाख मानिस बस्ने काबुलमा हिंसा नहोस् भनेर आफूले देश छाडेको बताउनुभएको छ ।

दुई हप्ता अघि तालिबान् लडाकु राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका पूर्व-राष्ट्रपति घानीले एउटा विज्ञप्ति निकालेर संकटमा अफगानिस्तानका नागरिकलाई छाडेर भाग्नु आफ्नो नियत नभएको तर हिंसा फैलनबाट रोक्न आफुले देश छाडेको बताउनुभएको छ । यदि सरकारले पनि लडाइँ नै चाहेको भएमा काबुलको अवस्था अझै बिग्रने भन्दै तत्कालको अवस्थालाई सुरक्षित अवतरण गराउनु आफूलाई उचित लागेको उहाँले बताउनुभएको छ ।

दुई पटक राष्ट्रपति बन्नुभएका घानीले निकाल्नुभएको विज्ञप्तिमा देश छाडेकोमा अफगानी नागरिकसँग माफी माग्दै अफगान राज्यकोषबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको खण्डन गर्नुभएको छ । तालिबानले नयाँ सरकार घोषणा गरेपछि आएको उहाँको विज्ञप्तिमा नयाँ सरकारबारे केही उल्लेख छैन ।

अफगानिस्तानका चर्चित शिक्षाविद् रहेका घानी सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बन्नुभएको हो । धेरैजसो समय विदेशमा बिताउनुभएका घानी अफगानिस्तानमा तालिबान सत्ता हटेर केही वर्षको युद्धपछि स्वदेश फर्कनुभएको थियो ।


टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

वि.सं.२०७९ माघ २३ सोमवार ०३:४५

काठमाडौं, माघ २३ गते । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा...

आज मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै

आज मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै

वि.सं.२०७९ माघ १९ बिहीवार ०७:३४

काठमाडौं माघ १९ गते । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक...

भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु

भारतको झारखण्डस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु

वि.सं.२०७९ माघ १८ बुधवार ०३:३०

काठमाडौं माघ १८ गते । भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा...

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो छ –संयुक्त राष्ट्रसङ्घ

हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो छ –संयुक्त राष्ट्रसङ्घ

वि.सं.२०७९ माघ १७ मंगलवार ०७:०८

काठमाडौं माघ १७ गते ।हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको...

पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट, ५९ जनाको मृत्यु

पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट, ५९ जनाको मृत्यु

वि.सं.२०७९ माघ १७ मंगलवार ०४:०६

काठमाडौं माघ १७ गते । पाकिस्तानको पेशावरमा आत्मघाती विष्फोट भएको...

मुलुकको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छ–श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे

मुलुकको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छ–श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे

वि.सं.२०७९ माघ १५ आइतवार १०:३७

काठमाडौं माघ १५ गते । मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि...