अफगानिस्तानको तालिबान सरकारले सार्वजनिक गर्यो उच्च शिक्षा सम्बन्धी नीति

वि.सं.२०७८ भदौ २८ सोमवार

काठमाडौं । भदौ २८ गते
उच्च शिक्षा सम्बन्धी नीति अफगानिस्तानको तालिबान सरकारले सार्वजनिक गरेको छ ।पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ ।
हिला र पुरुषहरु सँगै बसेर पढ्न नपाउने तालिबानले जनाएको छ । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने जनाएको छ ।
तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने छ ।
प्रकाशित समय : ०७:०१ बजे