अमेरिका र चीनले आपसी सम्बन्ध सुधार गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको भनाई

वि.सं.२०७८ असोज ४ सोमवार

काठमाडौं । असोज ४ गते
अमेरिका र चीनले आपसी सम्बन्ध सुधार गर्नुपर्ने संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटेरसले बताएका छन् । शीतयुद्धको चेतावनी दिँदै उनले अहिले यी दुई मुलुकको सम्बन्ध अस्तव्यस्त रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा गुटेरसले यी दुई मुलुकको सम्बन्धमा देखिएको तनावको असर अन्य मुलुकमा फैलिनबाट रोक्न पनि उनीहरुले सम्बन्ध सुधार गर्नुपर्ने बताएका हुन् ।
प्रकाशित समय : ०८:४८ बजे