रुसमा अन्धाधुन्द गोली चलाउँदा आठ जनाको मृत्यु

वि.सं.२०७८ असोज ५ मंगलवार

काठमाडौं । असोज ५ गते
सोमबार रुसको पर्मस्थित पर्म विश्वविद्यालयमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।
एक बन्दुकधारी क्याम्पस परिसरभित्र प्रवेश गरेको र अन्धाधुन्द गोली चलाएको जनाइएको छ। गोली चल्न चालेपछि शिक्षक र विद्यार्थीहरु विश्वविद्यालय भित्रै बसेका थिए भने केहीले झ्यालबाट हाम फालेका थिए।
झ्यालबाट हाम फालेकाहरुले बन्दुकधारीलाई नियन्त्रणमा लिने क्रममा घाइते बनाएको र नियन्त्रणका लिएको बताइएको छ। गोली चलेपछि करिब २० जना अन्य विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ।
प्रकाशित समय : ०१:०७ बजे