पाकिस्तानमा दुई समूहबीचको गोली हानाहान,९ जनाको मृत्यु ,२० जना घाइते

वि.सं.२०७८ असोज ५ मंगलवार

काठमाडौं । असोज ५ गते
पाकिस्तानमा दुई समूहबीचको गोली हानाहान हुादा ९ जनाको मृत्यु भएको छ ।पाकिस्तानको उत्तर पश्चिम स्थित दीर जिल्लामा रहेको एक जनजाती अदालतमा भएको घटनामा २० जना घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । जग्गाको बिषयमा भएको बिबाद समाधानका लागि अदालत पुगेका दुबै समुहबीच गोली हानाहान भएको बुझिएको छ ।घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : ०२:१४ बजे