जापानको प्रधानमन्त्री फुमियो किशिदा बन्दै

वि.सं.२०७८ असोज १३ बुधवार

काठमाडौं । असोज १३ गते
जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वका लागि भएको प्रतिस्पर्धामा फुमियो किशिदा विजयी भएसँगै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । किशिदाले परराष्ट्रमन्त्रीको पद चलाइसकेका छन् ।
तारो कोनो लोकप्रिय उम्मेदवार भए पनि किशिदाले उनलाई हराए । किशिदाले योशिहिदे सुगाको ठाउँ लिनेछन् । सुगाले एक वर्ष कार्यकाल चलाएपछि पुनः प्रधानमन्त्री बन्न नचाहेको घोषणा गरेका थिए ।किशिदासँग प्रधानमन्त्रीका रूपमा आफ्नो दललाई आगामी आमनिर्वाचनमा विजय दिलाउनुपर्ने जिम्मेवारी छ । दलले जनताको विरोध हुँदाहुँदै पनि टोकियो ओलम्पिक गराउन बल गरेपछि लोकप्रियतामा कमी आएको थियो ।
प्रकाशित समय : ०७:४७ बजे