चीनले ताइवानमाथी झनै खतरा बढाएको ताइवानकी राष्ट्रपति साइ इङ वेनको आरोप

वि.सं.२०७८ कात्तिक ११ बिहीवार

काठमाडौं । कार्तिक ११ गते
अमेरिकी राष्ट्रपतिको आलोचनापछि चीनले ताइवानमाथी झनै खतरा बढाएको ताइवानकी राष्ट्रपति साइ इङ वेनले बताउनु भएको छ । गतसाता राष्ट्रपति जो बाइडेनले चीनको आलोचना गरेपछि ताइवानमाथि दैनिक खतरा बढेको वेनले बताएकी हुन्।
गत साता राष्ट्रपति बाइडेनले चीनले ताइवान स्ट्रेटमाथि जबर्जस्ती कदम चालिरहेको भन्दै आलोचना गरेका थिए। यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध ताइवानको रक्षा गर्नेसमेत बाइडेनले बताएका थिए।
बाइडेनको सो प्रतिक्रियापछि चीनले दैनिक ताइवानको लोकतन्त्रमाथि खतरा उत्पन्न गराइरहेको ताइवानका राष्ट्रपतिले सीएनएनसँग बताएकी छन्। ताइवानको टापुमा अमेरिकी सैन्य प्रशिक्षणको उपस्थिती रहेको समेत उनले प्रष्ट पारेकी छन्। साथै उनले ताइवानको समर्थनमा सहयोग गर्न जापान, अष्ट्रेलिया र दक्षिण कोरियालगायत लोकतान्त्रिक मुलुकसँग आह्वान गरेकी छन्।
प्रकाशित समय : ०५:५३ बजे