अफगानिस्तानमा बिस्फोट र आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु , १६ जना घाइते

वि.सं.२०७८ कात्तिक १७ बुधवार

काठमाडौं । कार्तिक १७ गते
अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बन्दुकधारीहरूले काबुलस्थित एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमण गरेका थिए । काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।
अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आइएस–केले आक्रमणको जिम्मा लिएको छ । बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।
प्रकाशित समय : ०२:०२ बजे