भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने

वि.सं.२०७८ कात्तिक १८ बिहीवार

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । कोप २६ सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आश्य व्यक्त गरेका हुन्।
कोप २६ मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी गरेको र उनी नेपाल आउन आफु पनि उत्सुक रहेको जानकारी दिए।
‘मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु’, प्रधानमन्त्री देउवाले भने, ‘उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ।’
प्रकाशित समय : ०६:२७ बजे