back

रुसको एक कोइला खानीमा भएको दुर्घटनामा परी ५२ जनाको मृत्यु

काठमाडौं । मंसिर ९ गते
एक कोइला खानीमा भएको दुर्घटनामा परी रुसमा ५२ जनाको मृत्यु भएको छ। बीबीसीकाअनुसार यो रुसको लागि पछिल्लो एक दशकयताकै सबैभन्दा ठूलो खानीमा देखिएको संकट हो। समाचारमा उल्लेख गरिएअनुसार खानीभित्र बाहिरको हावा जाने ठाउँमा आगलागी भएको थियो।

जसको कारण निसास्सिएर भित्र रहेका मजदुरहरुको मृत्यु भएको हो। २८५ जना काम गरिरहेको लिस्टभ्यज्नाया खानीमा दुर्घटनापछि अधिकारहरु मानिसहरु भागेका थिए। केमेरोभो क्षेत्रमा रहेको यो खानी राजधानी सहर मस्कोबाट ३५ सय किलोमिटर टाढा पर्छ। अधिकारीहरुका अनुसार दुर्घटनामा परी ४९ जना घाइते भएका छन्।

उनीहरुमध्ये चारजनाको अवस्था गम्भीर छ। दुर्घटनापछि खानीमा ठूलो मात्रामा मिथेन ग्यास निस्किएसँगै अहिले उद्धार कार्य रोकिएको अधिकारीहरुले बताएका छन्। यसबाट खानीमा विष्फोट हुन सक्ने आशंका गरिएको छ।यसअघि खानीमा फसेका मानिसको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको थियो। खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

 


विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

विपत् व्यवस्थापन गर्न तीनवटै तहका सरकारको आपसी सहकार्य आवश्यक छ –प्रधानमन्त्री देउवा

वि.सं.२०७८ माघ २ आइतवार ०९:१८

काठमाडौं । माघ २ गते विपत् व्यवस्थापन गर्न तीनवटै तहका...

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको पर्यटनमन्त्री आलेको भनाई

वि.सं.२०७८ माघ २ आइतवार ०७:३०

काठमाडौं । माघ २ गते पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला...

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

वि.सं.२०७८ माघ २ आइतवार ०७:१६

काठमाडौं । माघ २ गते सोमबार बस्ने भनिएको संघीय संसद्...

भारतमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गयो

भारतमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा ८ जनाको ज्यान गयो

वि.सं.२०७८ माघ २ आइतवार ०७:०५

काठमाडौं । माघ २ गते विषाक्त रक्सी सेवन गर्दा भारतको...

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

आज नेप्से परिसुचक २९ सयको बिन्दुमा उक्लियो

वि.सं.२०७८ माघ २ आइतवार ०६:५८

काठमाडौं । माघ २ गते आज कारोबारको पहिरो दिन नेपाल...

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

युवाहरुद्वारा वीरगन्जमा राजधानी माग्दै मुख्यमन्त्री घर अगाडि प्रदर्शन

वि.सं.२०७८ माघ २ आइतवार ०६:५३

काठमाडौं । माघ २ गते आज बिहान प्रदेश २को स्थायी...